現在位置ホーム > Sendai City Official Website > 仙台市の概要 > 仙台生活情報ページ(多言語版) > निवास दर्ता, बसाईसराई ―सेन्दाईको जीवनयापन बारेको जानकारी पेज (बहुभाषा संस्करण) ―(Part2)

ページID:70005

更新日:2023年8月28日

ここから本文です。

निवास दर्ता, बसाईसराई ―सेन्दाईको जीवनयापन बारेको जानकारी पेज (बहुभाषा संस्करण) ―(Part2)

japaneses-w english-w chinese-w korea-w  vietnam-w nepal-r

निवासी दर्ताको प्रतिलिपि लिनको लागि

निवास दर्ता भनेको「नागरिक बसोबास गर्ने स्थान सँगको सम्बन्धलाई प्रमाणित गर्ने चिज」हो। नागरिकहरूले, आफ्नो ठेगाना, आदि प्रमाणित गर्न आवश्यक पर्ने भएको खण्डमा, निवास दर्ताको प्रतिलिपि लिनेछन।

नाम (अथवा उपनाम), लिङ्ग, जन्ममिति, ठेगाना, आदि अभिलेख राखिएको हुन्छ। यसबाहेक अन्य विशेष स्थायी बासिन्दा अथवा थोरैसमय वा लामोसमयदेखि बसोबास गरेका बासिन्दा आदिको वर्गीकरण, बसोबासको अवस्था र बसोबासको अवधि, विशेष स्थायी बासिन्दा परिचयपत्र (तोकुबेचु एजिउस्या), निवास कार्डको नम्बर आदि शिर्षकको बारेमा, आवश्यकता परेमा प्रमाणित गर्न सकिन्छ। सबै परिवारका सदस्यहरूको प्रमाण वा केही व्यक्तिहरूको मात्र प्रमाण लिन पनि सकिन्छ।

निवास दर्ताको प्रतिलिपि, निवास दर्तामा उल्लेख गरिएका सूचीको अभिलेख प्रमाणपत्र जारी गर्नका लागि आवेदन

काउन्टरबाट प्राप्तगर्ने तरिका

निबेदन गर्ने स्थान

  • सबै वडाकार्यालयको परिवार तथा निवासी दर्ता बिभाग अथवा सामान्य शाखा कार्यालय कर तथा निवासी बिभाग
    (कार्यालयको दिन बिहान ८:३० बजे देखि बेलुका ५:०० बजे सम्म)
  • सेन्दाई स्टेशन अगाडीको सेवा केन्द्र
    (कार्यालयको दिन बिहान ८:३० बजे देखि बेलुका ७:०० बजे सम्म, शनिबार र आइतबार बिहान ८:३० बजे देखि बेलुका ५:०० बजे सम्म (प्रत्येक महिनाको तेस्रो शनिबार, आइतवार, सरकारी बिदा वा सट्टे बिदाहरूमा भने बन्द हुन्छ)
  • प्रमाणपत्र जारी गर्ने केन्द्र (कार्यालयको दिन बिहान ९:०० बजे देखि बेलुका ५:०० बजे सम्म)

प्राप्तगर्न सक्ने व्यक्ति

व्यक्ति आफैं वा एउटै घरको सदस्य

प्रतिनिधि (प्राप्त गर्न चाहने व्यक्तिको अनुमतिपत्रको आवश्यक पर्छ)

प्राप्तगर्नको लागी वैधानिक अधिकार वा दायित्व भएका व्यक्ति (उल्लेख गरिएको कागजपत्र पेश गर्न आवश्यक हुन सक्छ।) 

 

आवश्यक चिज

「「आवासीय कार्ड 」, 「बिशेष स्थायी बासिन्दा परिचयपत्र (तोकुबेचु एजिउस्या)」、「सवारी चालक अनुमतिपत्र」 आदि आफ्नो पहिचान खुलाउने कागजात। प्रतिनिधि व्यक्तिले आबेदन गर्ने भएमा, व्यक्तिको अनुमतिपत्रको आवश्यक पर्छ।

लाग्ने शुल्क

प्रति प्रतिलिपि ३०० येन

हुलाक मार्फत पठाउनु पर्ने भएमा

पठाउने ठेगाना

〒९८३-८५६२

सेन्दाई सिटि मियागीनो कु चुचुजीगओका ५-११-१ सेन्दाई सनप्लाजा भित्र

सेन्दाई सिटि हुलाक कार्यालय केन्द्र

〒983-8562

仙台市宮城野区榴岡5-11-1 仙台サンプラザ内

仙台市郵送事務センター

टेलीफोन

०२२-२९६-१५३१ (सिधै फोन गर्न)

022-296-1531(直通)

प्राप्तगर्न सक्ने व्यक्ति

 

व्यक्ति आफैं वा एउटै घरको सदस्य

प्रतिनिधि (प्राप्त गर्न चाहने व्यक्तिको अनुमतिपत्रको आवश्यक पर्छ)

प्राप्तगर्नको लागी वैधानिक अधिकार वा दायित्व भएका व्यक्ति (उल्लेख गरिएको कागजपत्र पेश गर्न आवश्यक हुन सक्छ।)

आवश्यक चिज

 

  • आवश्यक शीर्षक सहित भरिएको जारी अनुरोध फारम
  • लाग्ने शुल्क चाँही, निश्चित थोरै रकम हुलाक मनी अर्डर अथवा सामान्य मनी अर्डर (हुलाक कार्यालय वा जापान पोस्ट बैंकको काउन्टरहरूमा गई लागेको रकम तिर्न सकिने बिधि)

※निश्चित थोरै रकम हुलाक मनी अर्डर, सामान्य मनी अर्डर भने हुलाक कार्यालय वा जापान पोस्ट बैंकको बचत काउन्टरहरूमा गई किन्न सकिन्छ। परिवर्तन गर्न नपर्ने प्रमाणपत्रको लागी लाग्ने शुल्क फिर्ता नआउने गरि बराबर गर्नुहोस (प्राप्त गर्ने वा पठाउने बेलामा प्रतिलिपि संख्या नभएको खण्ड बाहेक)।टिकट टास्ने पट्टि लेख्न आवश्यक पर्दैन। जारी गरेको दिन बाट ६ महिनाको अवधि हुनेहुँदा, म्याद सकिने अवधिको भने ध्यान पुर्याउनुहोस।
※ लाग्ने शुल्क, नगद, रजिस्ट्रेसन गरि पठाउदा पनि फरक पार्दैन।

  • पुनःप्राप्तको लागिको खाम (ठेगाना लेखि, टिकट टासेको हुनुपर्ने)

※सैदान्तिक रुपमा, जवाफ पाउनको लागीको ठेगाना आवेदकको आफ्नो हाल बसोबास गरेको ठेगाना (बसोबास प्रमाणपत्र वा आफ्नो पहिचान प्रमाणित गर्ने कागजातमा लेखिएको हालको ठेगाना) हुनुपर्नेछ।
आवेदकको आफ्नो हाल बसोबास गरेको ठेगाना बाहेक अन्य ठेगानामा हुलाक मार्फत पाउन चाहेको खण्डमा, आफ्नो पहिचान प्रमाणिकरण हुने कागजातको प्रतिलिपिको मार्जिनमा「हालको ठेगाना बाहेक अन्य ठेगानामा पठाउनको लागिको कारण」 र 「प्राप्तगर्नको लागिको ठेगाना」 लेखि,पुनःप्राप्तको लागिको खाममा पनि 「प्राप्तगर्न चाहेको ठेगाना」 लेख्नुहोस। यसो गर्दा, पुनःप्राप्त गर्नको लागिको ठेगाना रुपमा उपयुक्त रहेको भन्ने आधारका कागजपत्रहरु, आफ्नो पहिचान प्रमाणित गर्ने कागजातको प्रतिलिपि साथै अतिरिक्त प्रतिलिपि पनि संलग्न गर्नुहोस। (उदाहरणको लागि, आफु काम गर्ने ठाउँमा पठाईदिईए हुनेथियो भन्ने चाहनुभएको खण्डमा, कामगर्ने ठाउँको ठेगाना लेखिएको कर्मचारी परिचय पत्र, आदि)। यद्यपि, हालको ठेगाना बाहेक प्रतिप्राप्तको लागिको ठेगाना लेख्नुपर्ने कारण छ भन्ने आधारको लागिको कागजात छैनभने पाउने ठेगानाको बारेमा शंका लागेमा इत्यादी, सेन्दाई सिटीले उचितता छैन भन्ने निर्धारण गरेको खण्डमा, तपाईले चाहेको ठेगानामा पठाउन अस्वीकार गर्नेछ र, सैदान्तिक नियमको अधारमा आवेदकको हालको ठेगानामा पठाउनेछ।

  • प्राप्त गर्ने व्यक्तिको पहिचान पुष्टी गर्ने कागजातको प्रतिलिपि

※सरकारी कार्यालय द्वारा जारी गरिएको फोटो सहितको आफ्नो पहिचान पुष्टी गर्ने कागजात(「आवासीय कार्ड」, 「बिशेष स्थायी बासिन्दा परिचयपत्र (बिशेष एजिउस्या)」, 「सवारी चालक अनुमतिपत्र」, 「माइ नम्बर कार्ड」) भएको खण्डमा कुनै एकको प्रतिलिपि, फोटो नभएको आफ्नो पहिचान पुष्टी गर्ने कागजात भएको खण्डमा (स्वास्थ्य बीमा कार्ड, नर्सिङ हेरचाह बीमा बिमाकार्ड आदि) दुईवटाको प्रतिलिपि, आवेदन फारमसँग पठाउनुहोस।
※स्वास्थ्य बीमा कार्डको प्रतिलिपिलाई आफ्नो पहिचान पुष्टी हुने कागजातको रुपमा पठाउँदा भने, बिमाकार्डको नम्बर तथा बीमित व्यक्तिको कोड नम्बरसँग सम्बन्धित भागमा कागज राखि फोटोकपी गर्नुहोस, फोटोकपी गरि सकेपछि, बिमाकार्डको नम्बर तथा बीमित व्यक्तिको कोड नम्बर भएको भागमा केर्ने जस्ता मास्किङ प्रक्रिया प्रयोग गर्नु अनुरोध गरिन्छ। 

  • पावर अफ अटर्नी (प्रतिनिधि व्यक्ति द्वारा प्राप्त गर्नको लागि अनुरोध गरेको खण्डमा)

※प्रतिनिधि व्यक्तिले हस्ताक्षर अथवा छाप लगाइएको चिज आवश्यक पर्नेहुँदा, फोटोकपी गरिएको पन्ना स्वीकार्य हुनेछैन।

लाग्ने शुल्क

 

प्रतिलिपि एक प्रति 300 येन

प्रमाणपत्र जारी गर्न लाग्ने दिनको संख्या

 

आबेदन कागजपत्र प्राप्त भएपछि पठाउने दिनसम्म सामन्यता ७ दिन देखि १० दिनसम्म लाग्छ

※हुलाकको परिस्थिति र कार्यालय खुल्ने दिनहरू जस्ता कारणले, अझै बढि समय लाग्नपनि सक्छ, त्यसैले, प्राप्त गर्नको लागी पर्याप्त समय राख्नुहोस। (अक्टोबर 2021 देखि हुलाक कानूनको संशोधन को कारण, साधारण हुलाकबाट वितरण शनिबार बन्द गरिएको छ र वितरण गर्ने दिन पनि घाटाएको छ)।

※आवेदनमा लेखिएको कुरामा कुनै शंका भएको खण्डमा वा आवेदन कागजातहरु अपूर्ण भएको खण्डमा, आबेदकलाई फोन वा अन्य माध्यमबाट सम्पर्क गर्नेछौं। अपूर्ण तयारी बस्तु, नपुग कागजात पुनः माग्नु पर्नेहुँदा, धेरै दिन लाग्नसक्छ (यदि तपाईसँग सम्पर्क गर्न नसकेको खण्डमा, आवेदन फारम फिर्ता गर्नेछौं।)

※यदि हतारमा हुनुहुन्छ भने, फिर्ता पाउनको लागिको खाम समेत, एक्सप्रेस डेलिभरी शुल्क सहित हुलाक टिकट टासेर, एक्सप्रेस हुलाक मार्फत पठाउन सक्नुहुन्छ। त्यस अवस्थामा, एक्सप्रेस हुलाक मार्फत फिर्ता पाउन चाहन्छु भन्ने कुरा उल्लेख गर्नुहोस।

  注意ध्यान पुर्याउनुपर्ने कुरा

「निवास प्रमणपत्रको प्रतिलिपि」मा २०१२ जुलाई ९ तारिक भन्दा पहिलेको ठेगाना वा परिवार मामला आदिको प्रमाण
सूचीबद्ध गरिएको छैन।विदेशीनागरिक दर्ता मुख्य अभिलेखको जानकारी आवश्यक भएको खण्डमा, अध्यागमन बिभाग सामान्य मामिला विभागको सूचना प्रणाली व्यवस्थापन कार्यालय अध्यागमन सूचना प्रकटीकरण खण्डको कार्यकारीमा व्यक्तिगत जानकारी खुलाउनको लागि अनुरोध गर्न आवश्यक हुनेछ। बिस्तृत जानकारीको लागि, अध्यागमन बिभागको होमपेजमा

सम्पर्क

संस्कृति तथा पर्यटन ब्यूरो आदानप्रदान योजना विभाग

सेन्दाई सिटि आओबा कु कोकुबुन्च्यो ३-७-१ नगरपालिकाको मुख्य भवनको ४ तल्ला

फोन नम्बर: ०२२-२१४-१२५२

फ्याक्स: ०२२-२११-१९१७

Adobe Readerのダウンロードページへ

PDF形式のファイルをご覧いただく場合には、Adobe Readerが必要です。Adobe Readerをダウンロードしてください。Adobe Readerのダウンロードページ

お問い合わせ

文化観光局交流企画課

仙台市青葉区国分町3-7-1市役所本庁舎4階

電話番号:022-214-1252

ファクス:022-211-1917