現在位置ホーム > Sendai City Official Website > 仙台市の概要 > 仙台生活情報ページ(多言語版) > निवास दर्ता, बसाईसराई ―सेन्दाईको जीवनयापन बारेको जानकारी पेज (बहुभाषा संस्करण) ―(Part3)

ページID:70006

更新日:2023年8月28日

ここから本文です。

निवास दर्ता, बसाईसराई ―सेन्दाईको जीवनयापन बारेको जानकारी पेज (बहुभाषा संस्करण) ―(Part3)

japaneses-w english-w chinese-w korea-w  vietnam-w nepal-r

जापानबाट फर्किदा गर्नुपर्ने बिभिन्न प्रक्रिया

जापानबाट फर्किदा गर्नुपर्ने आवश्यक प्रक्रियाहरूको सूची हो।

आफ्नो देश फर्कने निर्णय गरिसकेपछि, सकेसम्म प्रशस्त समय राखि, चाँडो प्रक्रियाहरू पूरा गरौ।

प्रत्येक वडा कार्यालय र सामान्य शाखा कार्यालयको सम्पर्कको लागि यहाँ क्लिक गर्नुहोस

चेकलिस्ट

कोठा सर्दा सूचनाको लागिको प्रक्रिया

स्वास्थ्य बिमा

राष्ट्रिय स्वास्थ्य बीमा

पेन्सन

एकमुष्ट भुक्तानीको लागि आवेदन (राष्ट्रिय पेन्सन/कर्मचारी संचयकोष)

कर

शहर प्रिफेक्चरलको कर भुक्तानी

सम्पत्ति कर र शहर योजना कर को भुक्तानी

बालबालिका

जेष्टनागरिक

जेष्टनागरिक लाई बिभिन्न सुविधाको लागि दिइने कार्ड

कार, मोटरसाइकल

कार, मोटरसाइकल (मोटरसाइकल, सानो इन्जिनको मोटरसाइकल) स्कुटरको लागि प्रक्रियाहरू

 

घर

जापान बाहिर सर्दाको लागिको प्रक्रिया

जापान छोड्नुभन्दा अगाडि ठेगाना दर्ता भएको वडा कार्यालयको परिवार दर्ता तथा निवासी बिभाग अथवा सामान्य शाखा कार्यालय कर तथा निवासी बिभागमा, जापान भन्दा बाहिर जाने देशको लागि सूचना पेश गर्नुहोस। जापान फर्कने योजना छैन भने, राष्ट्रिय स्वास्थ्य बीमामा प्रबेश गर्नु भएका व्यक्तिहरु अथवा अन्य भत्ता प्राप्त गर्नुहुने व्यक्तिहरुले भने, आवश्यक प्रक्रियाहरू सँगै पूरा गर्नुपर्ने हुन्छ।
【इन्चार्ज काउन्टर】प्रत्येक वाडाकार्यालयको परिवार दर्ता तथा निवासी बिभाग अथवा सामान्य शाखा कार्यालय कर तथा निवासी बिभाग

आफुसँग भएको निवास कार्ड अथवा विदेशी दर्ता प्रमाणपत्र चाँही, एयरपोर्ट सम्म साथै लिएरजानुहोस। यदि फेरि जापानमा फर्कने योजना नभएको खण्डमा, अध्यागमनको चेकिंग समयमा एयरपोर्ट आदिमा कार्ड फिर्ता गर्नुहोस।
【इन्चार्ज काउन्टर】अध्यागमन बिभाग (बाह्य साइटको लिङ्क)(External link)

हस्ताक्षर छाप (हाँको) दर्ता प्रमाणपत्र 

हस्ताक्षर छाप (हाँको) दर्ता भने, पुन: प्रवेश अनुमति पाएको बेलामा बाहेक, जापान छोडेर गएको दिनदेखि दर्ता खारेज हुनेछ। कुनै विशेष प्रक्रियाको आवश्यकता पर्दैन।

राष्ट्रिय स्वास्थ्य बीमा 

यदि राष्ट्रिय स्वास्थ्य बीमामा प्रबेश गर्नुभएको व्यक्तिले भने, सरुवाको लागिको सूचना प्रक्रिया काउन्टरमा दिइएका निर्देशनहरू पालना गर्नुहोस र आवश्यक भएअनुसार भुक्तानी गर्न बाँकी भएको खण्डमा भुक्तानी गर्नुहोस (स्वास्थ्य बीमा कार्ड र आवासीय कार्ड अथवा विदेशी दर्ता प्रमाणपत्र साथै लिएर जानुहोस)।

【इन्चार्ज काउन्टर】प्रत्येक वडाकार्यालय बीमा तथा पेन्सन बिभाग, मियागी सामान्य शाखा कार्यालय बीमा तथा पेन्सन बिभाग, आकिउ सामान्य शाखा कार्यालय स्वास्थ्य तथा कल्याण बिभाग

पेन्सन परित्याग एकमुष्ट भुक्तानी फिर्ताको लागि आवेदन (राष्ट्रिय पेन्सन,कर्मचारी संचयकोष)  

जापानी नागरिकता नभएका व्यक्तिहरु, राष्ट्रिय पेन्सन अथवा कर्मचारी संचयकोष) बीमा अन्तर्गतका व्यक्तिहरुले पेन्सन छोडि,गैरबिमित व्यक्तिको योग्यता अनुसार, जापान छोड्दाको खण्डमा, तपाईको जापानमा ठेगाना नभएको मितिबाट दुई वर्ष भित्रमा पेन्सन परित्याग एकमुष्ट रकम भुक्तानी फिर्ताको लागि दावी गर्न सक्नुहुन्छ। 

※जापान सँग पेन्सन एकत्रीकरण सम्झौता साझेदार गरेका देशहरुमा पेन्सन दर्ता अवधि भएका व्यक्तिहरुले, निश्चित आवश्यकता अन्तर्गत पेन्सन दर्ता अवधि कुल जम्मा गरिएको रकम, जापान साथै सम्झौता साझेदार गरेका देशको
पेन्सन प्राप्त गर्न सक्नुहुन्छ। तर, पेन्सन परित्याग एकमुष्ट भुक्तानी फिर्ता लिँदा पहिलेको पेन्सन दर्ता अवधिको रकम गणना गर्न सकिनेछैन। 

【प्रक्रियाको बिस्तृत विवरणको लागि यहाँ क्लिक गर्नुहोस्】पेन्सन परित्याग एकमुष्ट भुक्तानी फिर्ता प्रणाली (जापान पेन्सन सेवा) (बाह्य साइटको लिङ्क)(External link)

नगर तथा प्रिफेक्चर कर को कर भुक्तानी

जुनसुकै राष्ट्रियता भए पनि, जापानमा बसोबास गरिरहेको व्यक्तिहरुले, जनवरी १ तारिकमा हालको ठेगाना भएको नगरपालिका वा वडाकार्यालयमा नगर तथा प्रिफेक्चर कर तिर्नुपर्ने हुन्छ। अघिल्लो वर्ष (जनवरी १ तारिक देखि डिसेम्बर ३१ तारिक सम्म) को आफ्नो आम्दानी अनुसार कर लगाइनेछ, यसबर्ष भित्रमा बसाईसरि अन्यठाउँमा गएमा, जापान छाडी गएपनि कर तिर्नुपर्नेहुन्छ। ※यदि वार्षिक आम्दानी निश्चित रकम भन्दा कम छ भने, तपाईलाई नगर तथा प्रिफेक्चर कर लगाइने छैन।

तपाईं आफ्नो देश फर्किने बेलामा, अवश्य आफ्नो सट्टामा नगर कर तिरीदिने आधिकारिक व्यक्ति चयन गर्ने अथवा निश्चित कर भुक्तानी गर्ने तारिकबाट कर तिर्नुहोस।

(लिङ्क) जापान छोडेर जाँदाको समयको लागी व्यक्तिगत नगर तथा प्रिफेक्चर कर भुक्तानीको बारेमा

【इन्चार्ज काउन्टर】सार्वजनिक वितिय संस्थान नगर कर विभाग

सेन्दाई सिटि आओबा कु फुचका माची १-१ नगरपालिका किता च्योसा ५ तल्ला
【आओबा कु, ईजुमी कु मा बसोबास गरेका व्याक्तिहरु】

फोन : ०२२-२१४-८६३७ फ्याक्स : ०२२-२१४-८६१३

【मियागीनो कु, वाकाबयासी कु मा बसोबास गरेका व्याक्तिहरु】

फोन : ०२२-२१४-८६३८ फ्याक्स : ०२२-२१४-८६१३

बाल भत्ता, बालबालिका चिकित्सा खर्च अनुदान, एकल आमा र एकल पिता भएका परिवारका लागी दिइने चिकित्सा खर्च अनुदान

लक्षित बर्ग भित्रका देश फर्किन लागेको बालबालिका बाहेक पनि, भत्ता प्राप्त गर्दै आईरहेका अभिभावक समेत जापान छाडेर जाने अवस्थामा पनि सूचनाको निवेदन पठाउन आवश्यक पर्छ।

【इन्चार्ज काउन्टर】प्रत्येक वडाकार्यालय को बाल हेरचाह सहायता बिभाग, मियागी सामान्य शाखा स्वास्थ्य तथा कल्याण बिभाग, आकिउ सामान्य शाखा स्वास्थ्य तथा कल्याण बिभाग

बालबालिका पालनपोषण भत्ता

घरको एकजना सदस्यको सरुवा भै जानुपर्ने भएको खण्डमा, परिवारको सबै सदस्यहरू सरेर अन्यत्र ठाउँमा जानुपर्ने भएको खण्ड, यी दुवै अवस्थामा सूचनाको निवेदन पठाउनु आवश्यक पर्नेछ। पहिले, आफुबसोबास गरेको स्थानीय वडाकार्यालय अथवा सामान्य शाखा कार्यालयको तल उल्लेख गरिएको सम्पर्क स्थानमा सम्पर्क गर्नुहोस। त्यस पछि, आफ्नो छाप (हानको) र प्रमाणपत्र साथै लिएर गई, काउन्टरमा यसको लागिको प्रक्रिया गर्नुहोस।

【इन्चार्ज काउन्टर】प्रत्येक वडाकार्यालय को बाल हेरचाह सहायता बिभाग, मियागी सामान्य शाखा स्वास्थ्य तथा कल्याण बिभाग, आकिउ सामान्य शाखा स्वास्थ्य तथा कल्याण बिभाग

शारीरिक र मानसिक रूपमा अशक्त (अपांगता) व्यक्तिहरुलाई चिकित्सा खर्च अनुदान

आफुबसोबास गरेको स्थानीय छेत्रको वडाकार्यालय तथा सामान्य शाखा कार्यालयको कार्यकारी विभागमा गई सुबिधा उपभोग गर्नलाई प्राप्त गरिएको प्रमाणपत्र फिर्ता गर्नुहोस।

【इन्चार्ज काउन्टर】प्रत्येक वडाकार्यालयको अपाङ्ग तथा जेष्ठनागरिक बिभाग, मियागी सामान्य शाखा कार्यालय अपाङ्ग तथा जेष्ठनागरिक बिभाग, आकिउ सामान्य शाखा स्वास्थ्य तथा कल्याण बिभाग

बालबालिकाको विद्यालयमा पठाउने सूचना

अभिभावकहरुले भने,आफ्नो बालबालिका पढिरहेका विद्यालयको शिक्षक समक्ष आफुहरु देश फर्किने बारेमा जानकारी दिई सूचना पठाउनुहोस।

जेष्टनागरिक लाई बिभिन्न सुविधाको लागि दिइने कार्ड (६५ वर्ष भन्दा माथिका व्यक्तिहरु लक्षित)

आफुबसोबास गरेको वडाकार्यालयको अपाङ्ग तथा जेष्ठनागरिक बिभाग,अथवा सामान्य शाखा कार्यालयमा जेष्टनागरिक लाई बिभिन्न सुविधाको लागि दिइने कार्ड फिर्ता गर्नुहोस।
【इन्चार्ज काउन्टर】प्रत्येक वडाकार्यालयको अपाङ्ग तथा जेष्ठनागरिक बिभाग, मियागी सामान्य शाखा कार्यालय अपाङ्ग तथा जेष्ठनागरिक बिभाग, आकिउ सामान्य शाखा स्वास्थ्य तथा कल्याण बिभाग

कार र अटोबाइक (मोटरसाइकल,२५० सिसी देखि १२५ सिसी सम्मका मोटरसाइकल) ५० सिसी को स्कुटर फ्याक्दा गर्नुपर्ने प्रक्रिया

कार को मोडेल

 प्रक्रिया गर्नको लागीको स्थान

  • ब्याट्रीबाट चलाउने साइकल (१२५ सीसी र त्यो भन्दा तलका मोटरसाइकल, आदि)
  • सानोआकारको विशेष किसिमको कार

मुख्यत निश्चित स्थानको वडा कार्यालय कर तथा लेखा विभाग अथवा सामान्य शाखा कार्यालय कर तथा निवास बिभाग

  • हलुका दुई पाङ्ग्रे सवारीसाधन (१२५ सीसी भन्दा माथि र २५० सीसी मुनि, आदि)
  • साना दुई पाङ्ग्रे सवारीसाधन (२५० सीसी भन्दा माथि)

 

तोहोकु यातायात कार्यालय मियागी यातायात शाखा कार्यालय

सेन्दाई सिटि मियागीनो कु ओगिमाची ३-३-१५

फोन: ०५०-५५४०-२०११

 

 

  • ३-पाङ्ग्रे, ४-पाङ्ग्रे हलुका सवारीसाधन (६६० सीसी भन्दा मुनि)

 

मियागी प्रान्त हलुका सवारीसाधन वाहन संघ(External link)
सेन्दाई सिटि मियागीनो कु नाकानो ४-१-३८

फोन: ०५०-३८१६-१८३०

 

 

घर भाडा भुक्तानी

यदि बसाई सर्ने आदि कारणले सम्झौता पत्र रद्द गर्न चाहेको खण्डमा भने,सम्झौता पत्र अनुसार घरबेटी अथवा घरभाडा लगाउने एजेन्टलाई अग्रिम (सामान्यतया एक महिना पहिले) रुपमा सुचित गर्नुपर्नेहुन्छ। बिना सूचना घर छाडेर गएमा अथवा जानुभन्दा केहीदिन पहिला मात्र सूचित गरेमा, जरिवाना शुल्क लाग्नपनि सक्छ।

सरकारी कार्यालयबाट आउने बिल (पानी, बिजुली, ग्यास, टेलिफोन शुल्क, NHK टेलिभिजन शुल्क) को भुक्तानी

पानी, बिजुली, ग्यास, टेलिफोन शुल्क, NHK टेलिभिजन शुल्क आदिको सरकारी कार्यालयबाट आउने बिल भुक्तानी गर्नको लागी चाँही, आफु बसईसरि जानु भन्दा पहिले नै यो ठाउँ छोडेर जादैछु भनी सम्बन्धित ठाउँमा जानकारी गराई, बिल हिसाबकिताब गरि भुक्तानी गर्नको लागी आवश्यक प्रक्रिया गर्नुहोस। 

सम्पर्क

संस्कृति तथा पर्यटन ब्यूरो आदानप्रदान योजना विभाग

सेन्दाई सिटि आओबा कु कोकुबुन्च्यो ३-७-१ नगरपालिकाको मुख्य भवनको ४ तल्ला

फोन नम्बर: ०२२-२१४-१२५२

फ्याक्स: ०२२-२११-१९१७

お問い合わせ

文化観光局交流企画課

仙台市青葉区国分町3-7-1市役所本庁舎4階

電話番号:022-214-1252

ファクス:022-211-1917