Page ID: 89424

Updated: November 9, 2026

ここから本文です。

2026 मासिक प्रकाशन हुने म्यागजिन (सिसेदायोरी)नोभेम्बर अंक

आओबा वडा कार्यालयले AI प्रबिधि प्रयोग गरि काउन्टरको जानकारी सेवा प्रदान कार्य सञ्चालनको परीक्षण गरिरहेको छ।

आओबा वडा कार्यालयले सेप्टेम्बर १४ तारिक देखि काउन्टरबाट दिइने जानकारीहरु प्रदान गर्नको लागि AI प्रबिधि 「AICO(आईको) 」प्रयोग सेवा सञ्चालन कार्य परिक्षण गरिरहेको छ। AICO सेवा आओबा वडा कार्यालयको पहिलो तल्लामा अवस्थित भएको हुँदा, आओबा वडाको सम्बन्धित काउन्टर वा लिएर जानुपर्ने आवश्यक चिजहरूको बारेमा स्क्रिनमा लेखेर वा अडियोबाट जानकारी प्रदान गर्दछ। AICO मा जापानी भाषा सहित अन्य सात भाषाहरू पनि उपलब्ध हुनेछ।
यस्तै सेवा आओबा वार्डको वेबसाइटमा पनि उपलब्ध छ, त्यसैले, तपाईंहरु पनि वडा कार्यालयमा जानुअघि आवश्यक लिएर जानुपर्ने चिजहरू र सम्बन्धित काउन्टरको बारेमा पुष्टी गरि जान सक्नुहुन्छ।
प्रयोग परिक्षण अवधि भने अर्को वर्षको जनवरी २९ तारिक सम्म संचालन गरिने योजना छ।

जे-अलर्ट राष्ट्रव्यापी सूचना एकैसाथ प्रसारण परीक्षण गरिनेछ

भूकम्प, सुनामी र सशस्त्र आक्रमण आदि घटनाको पूर्व तयारीको लागि, राष्ट्रव्यापी आपतकाली चेतावनी प्रणाली (जे-अलर्ट) प्रयोग गरी राष्ट्रव्यापी सूचना प्रसारण परीक्षण कार्य नोभेम्बर ११ तारिक (बुधवार) बिहान ११ बजे गरिनेछ।

त्यसदिन, नगरको होमपेज, नगरको सोसियल मिडिया (लाइन) आधिकारिक वेबसाइट, संकट व्यवस्थापन बिभागको X (पुरानो ट्विटर) द्वारा पनि प्रकाशित गर्नुका साथै, नगरको पूर्वी भागमा जडान गरिएको लाउडस्पीकर द्वारा पनि, अडियो परीक्षणको प्रसारण कार्य गरिनेछ। कृपया ध्यान दिनुहोला।

माथि उल्लेखित आपतकालीन अलर्ट इमेल आदि जानकारीहरु मोबाइल फोनमा भने पठाउने छैन, कृपया ध्यानपुर्याउनुहोला।
त्यसर्थ, यो परीक्षण चाँही, विपत्ति जस्ता आदि परिस्थितिका कारण रद्द वा स्थगित हुन पनि सक्छ।

सम्पर्क : संकट व्यवस्थापन बिभागको फोन ०२२-२१४-८५१९

उच्चमाध्यामिक विद्यालय आदि अध्ययन कोष ऋण सहायता प्रणाली बारेको जानकारी

जापान वित्तीय सरकारी कोष बाट प्रदान गरिएको सामान्य शैक्षिक ऋण (राष्ट्रिय शैक्षिक ऋण) यदि यो ऋण लिईएको भएमा, त्यो ऋणको ब्याज, उच्चमाध्यामिक विद्यालय अध्ययन अवधि भित्रमा तिरेको भए त्यो ब्याज चाँही अनुदान दिइनेछ। 

  • आवेदन अवधि=डिसेम्बर ४ तारिक (शुक्र)
  • लक्षित = सेन्दाई सिटि भित्र बसोबास भएको उच्चमाध्यामिक विद्यालय आदिका विद्यार्थीका अभिभावक
  • नगर कर भुक्तानी गरेकालाई मात्र दिइने सर्त राखिएको छ

सम्पर्क : शैक्षिक मामिला बिभाग ०२२-२१४-८८६१

विद्यालयमा हुने खर्च आदिको लागि सहयोग (नयाँ भर्ना गर्दा शैक्षिक सामग्री खरिद गर्न लाग्ने खर्च) प्राथमिक विद्यालयमा भर्ना गर्नु अघि भुक्तानी गरिनेछ।

  • लक्षित=२०२७ अप्रिल महिना देखि बालबालिका प्राथमिक विद्यालयमा भर्ना गर्ने योजना भएको र तलको निम्न सर्तहरू सबैपूरा गरेका व्यक्तिहरु
  1. २०२७ फेब्रुअरी १ तारिक सम्ममा सेन्दाई शहर भित्र बसोबास दर्ता अभिलेख भएको, मार्च ३१ तारिक सम्म शहर बाहिर कोठा सरि जाने कुनैपनि योजना नभएको भएमा
  2. अन्य गाउँ, नगरपालिकाबाट नयाँ भर्ना गर्दा शैक्षिक सामग्री खरिद गर्न लाग्ने खर्च आदिको लागि रकम प्राप्त नगरेको भएमा
  3. २०२७ फेब्रुअरी सम्म जीवनयापनको लागि कल्याणकारी सहायता रकम प्राप्त नगरेको भएमा 
  4. २०२६ अप्रिल १ तारिक देखि २०२७ मार्च ३१ तारिक सम्मको अवधिमा आफ्नो स्वामित्वमा नयाँ घर नकिनेको भएमा 
  5. वार्षिक कुल आयआम्दानी निश्चित रकम भन्दा कम भएका घरपरिवार र, बालबालिका पालनपोषण सहयोग भत्ता प्राप्त गरिरहेका परिवार इत्यादि, विद्यालयमा अन्य सहायताको लागि प्रमाणीत शर्तहरु पूरा गरेका परिवारहरु
  • सहयोग प्राप्त गर्न सकिने रकम =६४,३०० येन

आवेदन= सिटिको वेबसाइटबाट डिसेम्बर २८ तारिक भित्रमा फारम भरि बुझाई सक्नुपर्नेछ। आवेदन फारम (होमपेजबाट डाउनलोड) गरेर पनि बुझाउन सकिन्छ।
सम्पर्क = शैक्षिक मामिला बिभाग ०२२-२१४-८८६१

उद्योग ब्यबसाय परामर्श कार्यक्रम

(1)उद्योग,ब्यबसाय संचालन गर्न वा त्यस सम्बन्धि कुनैपनि परामर्श लिने दिन (नोभेम्बर महिना १८ तारिक (बुध) बिहान ९:०० बजेदेखि दिउँसो ४:३० बजे सम्म) 
लक्षित= मियागी प्रान्त भित्र उद्योग व्यवसाय सुरु गर्ने सोच भएको व्यक्ति, वा भर्खरै व्यवसाय सन्चालन गरेका व्यक्तिहरु, सबै गरि ३० जना (पहिले निवेदन गर्ने व्यक्तिको आधारमा)

(2)विदेशी नागरिकहरूको लागि उद्योग व्यवसाय संचालन र व्यवस्थापन बारे परामर्श लिने दिन (नोभेम्बर महिना १९ तारिक (बिही) बिहान ९:०० बजेदेखि दिउँसो ४:३० बजे सम्म)
लक्षित= उद्योग व्यवसाय सुरु गर्न इच्छा भएका, अथवा व्यवसाय सुरु गरेको तर ५ वर्ष नपुगेको बिदेशीनागरिकहरु (अन्तर्राष्ट्रिय विद्यार्थीहरू समेत) सबै गरि १० जना (पहिले निबेदन गर्ने व्यक्तिको आधारमा)

  • स्थान = आएर बिल्डिंगको ७ औं तला
  • बिषय = उद्योग, व्यवसाय सुरु गर्न वा व्यवस्थापन गर्नको लागि विशेषज्ञ सँग उद्योग व्यवसाय सम्बन्धि लिइने व्यक्तिगत परामर्श कार्यक्रम
  • आवेदन=नोभेम्बर महिना ६ तारिक बिहान ९:०० बजेदेखि सेन्दाई शहर उद्योग ब्यबसाय सहायता केन्द्र वेबसाइटबाट पनि निबेदन दिन सक्नुहुन्छ। (1)नम्बरको लागि भने फोनबाट अथवा इमेल (निबेदन गर्दा आवश्यक जानकारी र परामर्श गर्न चाहेको विवरणहरू भर्नुहोस) बाट पनि निबेदन गर्न सकिन्छ।

सम्पर्क : सेन्दाई सिटी औद्योगिक प्रवर्द्धन कर्पोरेशन ०२२-७२४-११२४
इमेल: assista@siip.city.sendai.jp

एड्स, सिफिलिस सोही दिन परीक्षण

  • बुकिंग प्रणाली
  • आबेदन = परिक्षण गर्ने मिति भन्दा दुईहप्ता अगाडि देखि अघिल्लो दिन सरकारी बिदा नभएको दिन दिउँसो १ बजे देखि ४ बजे सम्म बुकिंगको लागि सम्बधित फोन ०९०-४४७८-४६४१ मा फोन गर्न सकिन्छ। सिटीको होमपेजबाट पनि आवेदन गर्न सक्नुहुन्छ।
  1. रतिको समयमा परिक्षण गरिने एड्स, सिफिलिस परिक्षण…नोभेम्बर २७ तारिक (शुक्र), डिसेम्बर ११ तारिक (शुक्र) बेलुका ५:०० बजेदेखि ७:०० बजे / आएर बिल्डिंगको छैठौ तल्ला
  2. परिक्षण कार्यक्रम… नोभेम्बर २८ तारिक (शनि) बिहान १०:०० बजेदेखि ११:३०, दिउँसो २:०० बजेदेखि ३:३० / आओबा वडा कार्यालय परिसर
  3. बिदाको दिन परिक्षण गरिने एड्स, सिफिलिस परिक्षण… डिसेम्बर ५ तारिक(शनि)दिउँसो १:३० बजेदेखि ३:०० बजे /स्वास्थ्य परामर्श कार्यालय कोसेइकान (आओबा कु मियामाची १-१-५)

परिक्षण क्षमता भने, प्रत्येक परिक्षणको लागि लगभग ३० जना जति (पहिले आईपुग्ने व्यक्तिबाट गनेर)

परीक्षणको नतिजा भने रगत परिक्ष गरेपछि लगभग १ घण्टा भित्रमा जानकारी दिनेछौं। (यदि नतिजा विचाराधीन गर्नुपर्ने भएमा भने पछि मात्र नतिजाको जानकारी गराउनेछौं)

सम्पर्क : संक्रामक रोग नियन्त्रण बिभाग ०२२-२१४-८०२९

अनैच्छिक रूपमा रोजगारबाट बर्खास्त भएका व्यक्तिहरूको लागि राष्ट्रिय स्वास्थ्य बीमा प्रिमियम घटाउन सकिने प्रणाली

व्यापार व्यवसाय टाटपल्टिएको, बर्खास्त भएको, रोजगारी अवधि सकिएको जस्ता आदि कारणले, जागिर गुमाएका व्यक्तिहरूका लागि राष्ट्रिय स्वास्थ्य बीमा प्रिमियम घटाउन सकिने व्यवस्था छ।

  • घटाउन सकिने अवधि = रोजगारी छोडेको मिति पछिको महिनादेखि अर्को आर्थिक वर्षको अन्त्यसम्म
  • प्रिमियम घटाउनको लागि आफुले आवेदन पेश गर्न आवश्यक पर्छ।
  • आवश्यक पर्ने कागजातहरू= रोजगार बीमा योग्यता प्रमाणपत्र वा बिमा योग्यता सूचना कार्ड (यदि विधुतीय साधनको प्रयोग गरि जारी गर्न चाहेको खण्डमा भने, आफ्नो स्मार्टफोन देखाउनुहोस)
  • विशेष सहयोग प्राप्तकर्ता योग्यता प्रमाणपत्र भएका वा ज्येष्ठ नागरिक सहयोग प्राप्तकर्ता योग्यता प्रमाणपत्र जारी गरिएका व्यक्तिहरूमा यो सेवा लागु हुनेछैन।

सम्पर्कको लागि, वडा कार्यालय, मियागी सामान्य शाखा कार्यालयको बीमा तथा पेन्सन विभाग, वा आक्यु सामान्य शाखा कार्यालयको स्वास्थ्य तथा कल्याण विभाग

नागरिक स्वास्थ्य परिक्षण गराउन नबिर्सनुहोला

नगर द्वारा संचालन गरिएको स्वास्थ्य परिक्षण मध्ये, पेटको क्यान्सर, पाठेघरको क्यान्सर, स्तन क्यान्सर, ठुलो आन्द्राको क्यान्सरको परीक्षण अथवा सामान्य जाँचको लागि आवेदन गर्ने अन्तिम म्याद नोभेम्बर ३० तारिक (सोम) (यस मिति भित्र पुग्नुपर्ने) सम्म हो(फोक्सोको क्यान्सर, क्षयरोगको परीक्षण, (अन्डकोष) प्रोस्टेट क्यान्सर परीक्षण लागिको आवेदन समय भने समाप्त भएको छ।)आवेदनको लागि चाँही, सिटिको वेबसाइटको अतिरिक्त, तपाईं बसोबास गर्नुभएको सिटीको वार्ड कार्यालय वा वार्डको सामान्य शाखा कार्यालयबाट वितरण गरिएको आवेदन गाइड प्रयोग गरेर पनि तपाईंले आवेदन दिन सक्नुहुन्छ। बिस्तृत जानकारी चाहिएमा हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ। यदि पहिले नै परीक्षण कार्ड लिनु भएको अवस्थामा भने, परीक्षण गर्न नबिर्सनुहोला।

सम्पर्क : वडाकार्यालय परिवार स्वास्थ्य बिभाग, सामान्य शाखा कार्यालयको स्वास्थ्य तथा कल्याण बिभाग

नोरोभाइरस (हैजा) बाट साबधानी अपनाउनहोस

जाडो मौसममा नोरोभाइरस (हैजा) का कारण स्वास्थ्य समस्याहरु सबैभन्दा बढी हुनेगर्छ। खाना पकाउनु अघि राम्रोसँग हात धुने र खानेकुरालाई राम्ररी पकाउने जस्ता रोकथामका उपायहरू अपनाउने गरौं।

घरेलु रोकथामका उपाय सँग सम्बन्धित पर्चाहरू, वडा कार्यालय स्वास्थ्य तथा कल्याण केन्द्र व्यवस्थापन बिभाग साथै सरसफाइ बिभाग बाट पनि वितरण गरिएको छ।

सम्पर्क : वडा कार्यालय स्वास्थ्य तथा कल्याण केन्द्र व्यवस्थापन विभाग अथवा सरसफाई बिभाग

सेन्दाई मा स्वागत छ नागरिक (सार्वजनिक) पुस्तकालय भ्रमण

नागरिक (सार्वजनिक) पुस्तकालयमा त्यहाँका कर्मचारीले तपाईंलाई「सरल जापानी भाषा (विदेशी नागरिकहरूले पनि बुझ्न सक्ने जापानी भाषा)」मा मार्गनिर्देशन गर्नेछन।

  • मिति र समय= नोभेम्बर २२ तारिक (आईत) बिहान ११:०० बजे देखि दिउँसो १२ बजे
  • स्थान=नागरिक (सार्वजनिक) पुस्तकालय
  • लक्षित बर्ग=सिटिभित्र बसोबास गर्ने विदेशी नागरिकहरु लगभग १० जना जति [पहिले आउनेलाई प्राथमिकता]
  • आवेदनको लागि नोभेम्बर ६ तारिक बिहान १०:०० बजेदेखि सेन्दाई सिटि पुस्तकालयको वेबसाइटबाट

सम्पर्क: नागरिक (सार्वजनिक) पुस्तकालय टेलिफोन ०२२-२६१-१५८५

आर्थिक वर्ष २०२७ बाल क्लबको (बाल केन्द्र) लागी आवेदक आवाहन 

कामकाजि आदिका कारणले बालबालिकाको विद्यालय समयपछि पनि घरमा अभिभावक (सँगै बस्ने ६५ वर्ष मुनिका आफन्तहरू पनि समाबेश) नहुने परिवारको लागि प्राथमिक विद्यालयका विद्यार्थीहरू लक्षित गरि, बाल केन्द्रहरूमा उपयुक्त दैनिकीको लागि बस्ने र खेल्ने ठाउँहरू प्रदान गरि, बालबालिकाको स्वस्थ विकासलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छौं।

  • लक्षित बालबालिका:यस नगरपालि भित्रको बिधालयमा भर्ना भएका प्राथमिक बिधालय कक्षा १ देखि ६ कक्षा सम्मका बालबालिकाहरु (सर्तहरु, आफै बिधालय जानेआउने गर्न सक्ने, आफ्नो साधारण कार्य आफै गर्न सक्ने हुनुपर्ने)
  • लागत:मासिक शुल्क ३००० येन (छुट हुन सक्ने ब्यबस्था पनि भएको) समय अवधि थप गरि प्रयोग गर्नु परेको (बेलुका ६ बजे देखि बेलुका ७ बजेर १५ मिनेट) खण्डमा अलग मासिक शुल्क १००० लाग्नेछ। यस बाहेक, खाजा शुल्क तथा बिभिन्न कार्यक्रमहरुको लागि शुल्क, आदि लाग्ने अवस्था पनि हुन्छ।
  • आवेदन:नोभेम्बर १६ तारिक देखि डिसेम्बर ५ तारिक(आईतबार र सरकारी बिदाको दिन बाहेक)बिहान ९ बजे देखि बेलुका ६ बजे(शनिबार चाँही बेलुका ५ बजे सम्म)सम्ममा आवेदन लिएर प्रत्यक्ष बाल केन्द्रमा जाने
  1. आवेदन फारम प्रत्येक बाल केन्द्रबाट वितरण गरिएको छ (सिटिको होमपेजबाट पनि डाउनलोड गर्न सकिन्छ)।
  2. लामो समयको बिदा (जस्तै गर्मी बिदा) मा मात्र बाल क्लबमा राख्न चाहनुहुन्छ भने पनि आवेदन अवधिमा आवेदन दिनुहोस।
  3. आवेदन गर्दा अभिभावकको रोजगार प्रमाणपत्र (काम गरेको ठाउँको बिबरण) आदि पेश गर्न आवश्यक पर्छ।
  4. बाल केन्द्र बाहेक अन्य ठाउँमा पनि बाल कल्ब सन्चालन गर्नुपर्ने अवस्था पनि हुन्छ।
  5. आवेदन अवधि समाप्त भएपछि पनि, जुनसुकै बेलामा पनि आवेदन बुझिनेछ।

बिस्तृत जानकारीको लागि, नगरपालिकाको होमपेजमा हेर्नुहोस

お問い合わせ

文化観光局交流企画課

仙台市青葉区国分町3-7-1市役所本庁舎4階

電話番号:022-214-1252

ファクス:022-211-1917