आर्थिक वर्ष २०२४ को निवास कर छुट भएका परिवारकालाई दिइने आपतकालीन सहायता अनुदान रकम प्राप्त गर्नको लागि चाँडै आवेदन प्रक्रिया गरौं
मिति २०२४ डिसेम्बर १३ सम्ममा यो सिटिमा बासिन्दाको रुपमा बसोबास दर्ता गरेको भै, घरपरिवारका सबै सदस्यहरू को निवास करको निश्चित दर छुट पाएका घरपरिवारलाई दिइने यस अनुदान रकमको लागि योग्य व्यक्तिले आवेदन फाराम आदि प्रक्रिया गर्नुहोस। यदि तपाईंले अहिलेसम्म आवेदन दिनुभएको छैन भने, जुन २ तारिक (सोम) (मे १ तारिक देखि जुन २ तारिक मा जन्मेको बच्चा हुर्काउँदै गरेको खण्डमा जुन १६ तारिक (सोम)) सम्ममा सकेसम्म चाँडो आबेदन प्रक्रिया पूरा गर्नुहोस।
नेपाली भाषा
सम्पर्क:सेन्दाई सिटि आपतकालीन सहायता अनुदान प्रशासनिक केन्द्र ०१२०-०००-४८३ (कार्यालयको दिन बिहान ८:३० देखि बेलुका ५:०० बजे)
उच्च माध्यमिक विद्यालय आदि अध्ययन गर्नको लागि ऋण सहायता प्रणालीको जानकारी
जापान वितिय निगम सार्वजनिक कोष सर्वसाधारणको लागि शैक्षिक ऋण (राष्ट्रिय शैक्षिक ऋण) को उपयोग गरेको व्यक्तिले चलाएको ऋणको ब्याज मध्ये, उच्च माध्यमिक बिधालय आदि पढाई अवधिमा भुक्तान गरिएको ब्याजमा अनुदान दिनेछौं।
- आवेदन अवधि = जुलाई १ तारिक (मंगल) देखि डिसेम्बर ५ तारिक (शुक्र)
- लक्षित : सिटि भित्र बसोबास गरेका उच्चमाध्यमिक बिधालय आदिका विद्यार्थीहरूका अभिभावक आदि
- नगर कर भुक्तानी पुरा गरेका आदि सर्तहरू छन।
सम्पर्क : शैक्षिक मामिला बिभाग ०२२-२१४-८८६१
कर सम्बन्धि जानकारी
अर्थिक वर्ष २०२५ को नगर तथा प्रान्तीय कर, कर तिरेको (कर छुट भएको) प्रमाणपत्र (आय प्रमाणपत्र) जारी गर्नेछौं
२०२५ जनवरी १ तारिक तपाईंको हाल बसोबास भएको स्थानको वडाकार्यालय द्वारा जारी गरिनेछ। अर्थिक वर्ष २०२५ को लागि जारी गरिने मिति तलका निम्नानुसार छन।
- आयकर छुट भएका व्यक्तिको, तलबबाट नगर तथा प्रान्तीय कर कटौती भएको व्यक्तिहरु
[जारी हुने स्थान]
・काउन्टर ... मे १६ तारिक (शुक्र) देखि लिन सकिने छ
・कम्बिनीयन स्टोर डेलिभरी सेवा ...मे २५ तारिक (आईत) देखि लिन सकिने छ
- कर भुक्तानी रषिद मार्फत कर तिरेको व्यक्तिहरु, पेन्सनबाट नगर तथा प्रान्तीय कर कटौती भएको व्यक्तिहरु
[जारी हुने स्थान]
・काउन्टर, कम्बिनीयन स्टोर डेलिभरी सेवा… जुन १३ तारिक (शुक्र) देखि लिन सकिने छ
सम्पर्क : कर प्रणाली विभाग ०२२-२१४-८६२२, वाडा कार्यालय कर तथा लेखा विभाग, मियागी सामान्य शाखा कार्यालय कर तथा निवास बिभाग, आकियु सामान्य शाखा कार्यालय सामान्य मामिला विभाग
के तपाईंले नगर कर भुक्तानी गर्न बिर्सनुभएको त छैन?
आर्थिकबर्ष २०२४ को नगर कर भुक्तानी गर्न बिर्सनुभएको त छैन? यदि भुक्तानी गर्न गाह्रो छ भने, कृपया सकेसम्म चाँडो वडाकार्यालयमा सम्पर्क गर्नुहोस।
किता कर सङ्कलन बिभाग [आओबा वार्ड] ०२२-२१४-८१५२, [इजुमी वार्ड] ०२२-२१४-५०२७, मिनामी कर सङ्कलन बिभाग [मियागिनो वार्ड, वाकाबायाशी वार्ड] ०२२-२१४-८१५३, [ताइहाकु वार्ड] ०२२-२१४-८१५४
तेस्रो बच्चा पछिको बच्चालाई प्राथमिक विद्यालय भर्नाको लागि सहायता रकम प्रदान गर्नेछौं
- लक्षित = यस आर्थिक वर्षमा प्राथमिक विद्यालयमा प्रवेश गरेका बालबालिका (तेस्रो बच्चा पछिको बच्चा) को अभिभावकहरूलाई, मे १ तारिक सम्म पनि सिटि भित्रमा बसोबास गरेका व्यक्तिहरु
- भुक्तानी गरिने रकम = ३०,००० येन
- आवेदनको म्याद = मे ३१ तारिक (शनि)
- आवेदन दिने तरिका आदिको बिस्तृत विवरणहरूको लागि प्राथमिक विद्यालय मार्फत वितरण गरिएको पर्चामा हेर्नुहोस वा हामीलाई सम्पर्क गर्नुहोस।
सम्पर्क: बालबालिका सहायता अनुदान बिभाग ०२२-२१४-२१३३
राष्ट्रिय स्वास्थ्य बीमा भुक्तानी सम्बन्धी कर समायोजन फारम पठाउनेछौं
परिवार सदश्यको आम्दानी मापदण्ड भन्दा कम भएको खण्डमा, तपाईको राष्ट्रिय स्वास्थ्य बीमा प्रिमियम घटाउने प्रणाली छ।
यदि तपाईंले २०२४ सालको आफ्नो आयआम्दानी निर्क्यौल गर्न नसकेको खण्डमा, बिमा रकम घट्न सक्ने सम्भावित घरपरिवारमा समावेश हुने भएमा, मे महिनाको मध्यभित्र「राष्ट्रिय स्वास्थ्य बीमा भुक्तानी सम्बन्धी कर समायोजन फारम」पठाउने भएको हुँदा, मे २८ तारिक (बुध) सम्ममा फारम भरि बुझाउन नबिर्सनुहोला।
सम्पर्क:वार्ड कार्यालय, मियागी सामान्य शाखा कार्यालयको बीमा तथा पेन्सन बिभाग, अकिउ सामान्य शाखा कार्यालयको स्वास्थ्य तथा कल्याण बिभाग
एड्स, सिफिलिस परीक्षण
- गोपनीयता अपनाई परिक्षण गराउन सकिन्छ
- बुकिंग प्रणाली
- आबेदन = परिक्षण गर्ने मिति भन्दा दुईहप्ता पहिले देखि अघिल्लो दिन सरकारी बिदा नभएको दिन दिउँसो १ बजे देखि ४ बजे सम्म बुकिंग गर्नको लागिको मात्रैको फोन ०९०-४४७८-४६४१ मा फोन गर्न सकिन्छ। सिटीको होमपेजबाट पनि आबेदन फारम भर्न सक्नुहुन्छ।
- परीक्षण कार्यक्रम … जुन ७ तारिक (शनि) बिहान १०:०० बजेदेखि ११:३०, दिउँसो २:०० बजेदेखि ३:३० / आओबा वडा कार्यालय
- बिदाको दिन परीक्षण … जुन १४ तारिक (शनि) दिउँसो १:३० देखि ३:०० बजे / स्वास्थ्य परामर्श केन्द्र कोसेइकान (आओबा वार्ड मियामाची १-१-५)
- रातिको समयमा परीक्षण … मे २३ तारिक (शुक्), जुन १३ तारिक (शुक्), बेलुका ५:०० बजेदेखि ७:०० बजे / स्वास्थ्य परामर्श केन्द्र, कोसेइकन (आओबा वार्ड मियामाची १-१-५)
परीक्षणको नतिजा भने रगत परिक्ष गरेपछि लगभग १ घण्टा भित्रमा जानकारी दिनेछौं। (यदि नतिजा विचाराधीन गर्नुपर्ने भएमा भने भोलिपल्ट मात्र नतिजाको जानकारी गर्नेछौं) परिक्षणको लागि क्षमता लगभग ३० जनासम्म, पहिले आइपुग्ने व्यक्तिलाई प्राथमिकताको आधारमा
सम्पर्क : संक्रामक रोग नियन्त्रण बिभाग ०२२-२१४-८०२९
अवकाश पाएपछि राष्ट्रिय पेन्सनको लागि आवेदन दिन नबिर्सनुहोला
२० बर्ष देखि ५९ वर्ष सम्मको व्यक्तिहरुले, अवकाश पाएपछि कर्मचारी बिमा अन्तर्गत सामाजिक कल्याण बिमा छाड्नुपर्ने हुन्छ र राष्ट्रिय पेन्सन प्रणालीमा नाम दर्ता गर्नको लागि प्रक्रिया पूरा गर्न आवश्यक पर्छ। आफुमा आश्रित जीवनसाथी वा परिवारले पनि प्रक्रिया पूरा गर्न आवश्यक पर्छ। साथै, कर्मचारी पेन्सनमा दर्ता भएका ६० देखि ६५ बर्षको कर्मचारीको ६० वर्षभन्दा मुनिको श्रीमती वा आश्रित परिवार, आफ्नो पति/पत्नीले अवकाश पाएपछि राष्ट्रिय पेन्सनको लागि आवेदन दिन आवश्यक पर्नेछ।
सम्पर्क:वार्ड कार्यालय, मियागी सामान्य शाखा कार्यालयको बीमा तथा पेन्सन बिभाग, अकिउ सामान्य शाखा कार्यालयको स्वास्थ्य तथा कल्याण बिभाग
उद्योग ब्यबसाय परामर्श कार्यक्रम
- उद्योग ब्यबसाय संचालन गर्न वा त्यस सम्बन्धित कुनैपनि परामर्श लिने दिन (मे २१ तारिक (बुध) बिहान ९:०० बजेदेखि दिउँसो ४:३० बजे सम्म)
लक्षित= उद्योग व्यवसाय सुरु गर्ने सोच भएको व्यक्ति, वा भर्खरै व्यवसाय सुरु गरेका व्यक्तिहरु, सबै गरि ३० जना (पहिले आउनेलाई प्रथामिकता दिइनेछ)
- विदेशी नागरिकहरूको लागि उद्योग व्यवसाय संचालन र व्यवस्थापन बारे परामर्श लिने दिन (मे २२ तारिक (बिही) बिहान ९:०० बजेदेखि दिउँसो ४:३० बजे सम्म)
लक्षित= उद्योग व्यवसाय सुरु गर्न इच्छा भएका, अथवा व्यवसाय सुरु गरेको तर ५ वर्ष नपुगेको बिदेशीनागरिकहरु (अन्तर्राष्ट्रिय विद्यार्थीहरू समेत) सबै गरि १० जना (पहिले आउनेलाई प्रथामिकता दिइनेछ)
- स्थान : आएर बिल्डिंगको ७ औं तला
- बिषय = उद्योग व्यवसाय सुरु गर्न वा व्यवस्थापन गर्नको लागि विशेषज्ञ सँग उद्योग व्यवसाय सम्बन्धि लिइने व्यक्तिगत परामर्श कार्यक्रम
- आवेदन =मे ७ तारिक बिहान ९:०० बजेदेखि फोनबाट भएमा। सेन्दाई शहर उद्योग ब्यबसाय सहायता केन्द्र वेबसाइटबाट पनि आवेदन दिन सक्नुहुन्छ।
सम्पर्क : सेन्दाई सिटी औद्योगिक प्रवर्द्धन कर्पोरेशन ०२२-७२४-११२४
नगरपालिकाको सरकारी भवनमा बस्नको लागि आवेदन खुल्ला (एकल अभिभावक, बच्चा हुर्काउदै गरेका, एक भन्दा धेरै बच्चा भएको परिवारहरूको लागि) मे १६ तारिक (शुक्र) सम्म आवेदन बुझिने
- 「आवास आवेदन खुल्लाको जानकारी」=मे २ तारिक (शुक्र) देखि नगरपालिकाको कोकुबुन्चो शाखा कार्यालयको दोस्रो तल्लाको सेन्दाई सिटी शहर निर्माण तथा सार्वजनिक निगम बिभाग, नगरपालिकाको मुख्य सरकारी भवनको दास्रो तल्ला नगरपालिका सूचना केन्द्र, वडा कार्यालयको सामान्य जानकारी, सामान्य शाखा कार्यालय, आओबा वार्ड कार्यालयको नागरिक दर्ता बिभाग सेन्दाई एकिमाए सेवा केन्द्रको (आएरु ५ तल्ला ), प्रमाणपत्र वितरण केन्द्र, प्रत्येक वार्ड कार्यालयको केन्द्रीय नागरिक केन्द्र, सेन्दाई सिटि समाज कल्याण परिषद् प्रत्येक वडापालिकाको कार्यालयहरू, आजीवन सिकाई विभाग आदिमा वितरण गरिन्छ
- आवेदनको लागी प्रक्रिया : उल्लेखित घरहरुबाट एउटा घर छनौट गरि,「आवास आवेदन खुल्लाको जानकारी」मा भएको आवेदन फारम भरि यसलाई खाममा राखी मे १६ तारिक सम्ममा पठाउनुहोला। धेरै आवेदन आएको खण्डमा गोलाप्रथा हुनेछ।
- घर सर्न मिल्ने दिन = जुलाई २५ तारिक (शुक्र) (योजना)
- आवेदन दिन मिल्ने व्यक्ति=तलका निम्न मापदण्डहरु पूरा गरेका व्यक्तिहरु
- आवेदक आफैले २० वर्ष मुनिको बच्चाको हेरविचार गर्नु हुने एकल-अभिभावकको परिवार, अथवा विद्यालय जान सुरु नगरेका बच्चा भएको परिवार, अथवा २० वर्षभन्दा मुनिका ३ वा सोभन्दा बढी बच्चाहरू भएको परिवार
- हाल बस्ने घर नभएर समस्यामा परेका व्यक्तिहरु
- यस सिटीमा बसोबास वा काम भएकाहरु। साथै, निश्चित मापदण्ड रकम भन्दा कम आयआर्जन हुनुपर्ने सर्त छन। विस्तृत जानकारीको लागि「आवास आवेदन खुल्लाको जानकारी」मा हेर्नुहोला।
आणविक बिपतको कारणले खाली गर्नुपर्ने आदेश प्राप्तभएको छेत्रहरुमा बसोबास गरिरहेका व्यक्तिहरु वा बालबालिका बिपत पीडितहरुको लागि सहयोग ऐनमा आधारित सहयोग लक्षित क्षेत्रहरूमा बसोबास गरिरहेका विस्थापित व्यक्तिहरु, पति वा पत्नी बाट हिंसाको शिकार भएका व्यक्तिहरु, अपराधीबाट पीडित भएका व्यक्तिहरुलाई भने, आवेदनको सर्तहरू फरक फरक हुनेभएकाले कृपया हामीलाई सम्पर्क गर्नुहोस।
सम्पर्क:सेन्दाई सिटी शहर निर्माण तथा सार्वजनिक आवास आबेदन बिभाग ०२२-२१४-३६०४