ページID:69245

更新日:2023年7月10日

ここから本文です。

2023 मासिक प्रकाशन हुने म्यागजिन (सिसेदायोरी)जुलाई अंक

भालु देखि सावधान रहनुहोस

गर्मी महिनामा जंगल भित्र भालुको खानेकुरा सकिदैजाने हुँदा,भालुको चहलपहल मानबवस्ती नजिक तिर सम्म बढ्न सक्छ। बिशेष गरि बिहान र साँझको अँध्यारो समयमा भालुहरू बढी सक्रिय हुन्छन,त्यसैले सावधान हुनुहोस। पहाड चड्दा वा पदयात्रा आदिको लागि बाहिर जाँदाको समयमा,घण्टी वा रेडियो साथमा लिएर जाने, यदि तपाइँ भालु सँग जम्काभेट हुनुभयो भने नडराईकन,एक अर्काको सामना गर्दै उसलाई नजिस्क्याउने र बिस्तारै आफु पछि हट्नुहोस। समानले झटारो हान्ने, ठुलो आवाजले कराउने वा दौडने जस्ता कार्य गरि, भालुलाई उत्तेजित गर्ने कुनै पनि काम नगर्नुहोस।
भालु देखापरेको बारेमा जानकारी चाँही,सिटिको होमपेज 「भालु देखापर्ने छेत्रको नक्सा」 वा सेन्दाई सिटिको आधिकारिक एकाउन्ट (LINE) लाइन (पहिलेनै दर्ता गर्नुपर्ने( आदिबाट पनि जानकारी दिनेछौ ।
सम्पर्क :पर्यावरण समाज बिभाग :०२२-२१४-००१३

प्रारम्भिक बालशिक्षा,नि:शुल्क बाल हेरचाहको लागिको अनुरोधलाई स्वीकार गरिनेछ

  • लक्षित बर्ग = सेवासंस्था आदि प्रयोग गर्न सहयोगको मान्यता (नयाँ २ नम्बर, नयाँ ३ नम्बर) सुबिधाको उपयोग लिईरहनु भएको,नर्सरी तथा मान्यता पाएका बाल हेरचाह र बालबालिका राख्ने संस्था,लाइसेन्स नभएका बाल हेरचाह संस्था, थोरैसमयको लागी बालबालिका राखिदिने संस्था, बिरामी बच्चा बाल हेरचाह गर्ने संस्था,सेन्दाई सुकुसुकु सपोर्ट संस्थाको प्रयोग गर्दै आईरहनुभएका व्यक्तिहरु
  •  लक्षित गरिएको उपयोग अवधि = अप्रिल १ तारिक देखि जुन ३० तारिक
  • अनुरोधको लागिको अवधि = जुलाई २० तारिक
  •  बिस्तृत विवरणको लागि, सिटीको होमपेजमा हेर्नुहोस वा हामीलाई सम्पर्क गर्नुहोस ।

सम्पर्क:सेन्दाई सिटि नि:शुल्क प्रारम्भिक बालशिक्षा केन्द्रीय कार्यालय ०२२-२१४-८९७८

 जुलाई देखि आधारभूत स्वास्थ्य परिक्षण सुरु 

  •  स्वास्थ्य परिक्षण गर्नसकिने अवधि = जुलाई १ तारिक (शनि) देखि सेप्टेम्बर ३० तारिक (शनि), २०२४ जनवरी ४ तारिक (बिहि) देखि ३१ तारिक (बुध)
  •  लक्षित = ३५ बर्ष देखि ३९ बर्ष का व्यक्तिहरु साथै ७५ वर्ष भन्दा माथिका आदि भै, सिटिद्वारा संचालित आधारभूत स्वास्थ्य परिक्षणको लागि आवेदन दिएका व्यक्तिहरु
  • यदि अहिलेसम्म आवेदन गर्नु भएको छैन भने, सकेसम्म चाँडो आबेदन गर्नुहोस।

सम्पर्क : वाडा कार्यालय परिवार स्वास्थ्य बिभाग, सामान्य शाखा कार्यालय स्वास्थ्य तथा कल्याण बिभाग

न्यून आय भै बालबालिका पालनपोषण गरिरहेकापरिवारहरूलाई सहायता रकम प्रदान गरिनेछ

खाद्यान्न र अन्य वस्तुको बढ्दो मूल्यवृद्धिको कारण, विशेष गरी कम आयस्रोत भएका प्रभावित परिवारलाई बालबालिका पालनपोषणको लागि सहयोग गर्न,राष्ट्रिय प्रणालीको रूपमा लक्षित,प्रति बालबालिक बराबर पचासहजार येन प्रदान गरिनेछ। यसमध्येमा,आवेदन दिन आवश्यक पर्ने भएका परिवारहरूका लागि र घरको आर्थिक अवस्था अचानक परिवर्तन भएका आदि व्यक्तिहरुको आवेदन स्वीकार गर्नेकार्य सुरु गरेका छौं।

  • लक्षित = तलका मध्ये ⓵ देखि ⓷ कुनै पनि अन्तर्गत पर्ने व्यक्तिहरू

⓵२०२३ फेब्रुअरीको अन्त्यसम्म १८ वर्ष र यसभन्दा मुनिका व्यक्ति (शारीरिक वा मानसिक रुपमा अशक्तता र अपांगता भएका व्यक्तिभएमा १९ वर्ष सम्मका व्यक्ति) लाई पालनपोषण गर्दैआईरहेका बाबुआमा भै,सार्वजनिक पेन्सन इत्यादि प्राप्त गर्ने जस्ता २०२३ मार्च महिनाको बालभत्ता सहायता प्राप्त नगरेका एकल अभिभावक (आयआम्दानी आदिको सिमा छ)

⓶२०२४ मार्च महिनाको अन्त्यसम्म १८ वर्ष र यसभन्दा मुनिका व्यक्ति (शारीरिक वा मानसिक रुपमा अशक्तता र अपांगता भएका व्यक्तिभएको खण्डमा आवेदन गरेको मिति सम्म १९ बर्ष सम्मका व्यक्ति) लाई पालनपोषण गर्दैआईरहेका बाबुआमा भै,२०२३ जनवरी पछिदेखि परिवारको आर्थिक अवस्थामा अचानक परिवर्तन आएका बालभत्ता सहायता प्राप्त गरेका व्यक्ति आदि र सँगै बसी आयआर्जन एकै भएको एकलअभिभावक

⓷२०२४ मार्चको अन्त्यसम्म १८ वर्ष र यसभन्दा मुनिका व्यक्ति (शारीरिक वा मानसिक रुपमा अशक्तता र अपांगता भएका व्यक्तिभएको खण्डमा आवेदन गरेको मिति सम्म १९ बर्ष सम्मका व्यक्ति) लाई पालनपोषण गर्दैआईरहेका बाबुआमा भै,२०२३ जनवरी पछिदेखि परिवारको आर्थिक अवस्थामा अचानक परिवर्तन भै निवासकर छुट पाउने बराबर को आय भएका व्यक्तिहरु (यदि पति वा पत्नी छन भने, त्यो व्यक्तिको पनि आयको सीमा हुनेछ)

  • आवेदनको लागि अन्तिम म्याद = २०२४ फेब्रुअरी २९ तारिक 
  • आवेदन गर्ने तरिका = आफुबसोबास गरेको वाडाको वाडाकार्यालय बाल हेरचाह सहायता बिभाग, सामान्य शाखा कार्यालय स्वास्थ्य तथा कल्याण विभाग बाट वितरण गरिएको आवेदन फारमबाट निवेदन गर्ने (फाराम सिटिको वेबसाइटबाट पनि डाउनलोड गर्न सक्नुहुन्छ)

सम्पर्क : सेन्दाई सिटि बालबालिका पालनपोषण गरिराखेको परिवारलाई दैनिक जीवनयापनको लागिको विशेष सहायता रकम कलसेन्टर ०२२-२००-२६०९ (अगस्ट ३१ तारिक सम्मको ८:३० बजेदेखि ६ :०० बजे)

एड्स,सिफिलिस, यौनरोग परीक्षण

  • गोपनीयता अपनाई जाँच गराउन सकिन्छ
  • बुकिंग प्रणाली
  • आबेदन = परिक्षणगर्ने मिति भन्दा एकमहिना अगाडि ~ अघिल्लो दिन सरकारी बिदा नभएको दिन दिउँसो १ बजे देखि ४ बजे सम्म बुकिंग गर्नको लागिको मात्रैको फोन ०९०-४४७८-४६४१ मा फोन गर्न सकिन्छ। सिटीको होमपेजबाट पनि आवेदन दिन सक्नुहुन्छ।

⓵रतिको समय परिक्षण गरिने एड्स,सिफिलिस,यौनरोग…अगस्ट ३ तारिक(बिहि)५:३०~७:०० /आओबा कु वडाकार्यालय परिक्षणको रिपोर्ट चाँही परिक्षण पछि सिधै सम्बन्धित व्यक्तिलाई जानकारी दिनेछौ।

⓶बिदाको दिन परिक्षण गरिने एड्स, उही दिन परिक्षण गरिने सिफिलिस… अगस्ट ५ तारिक(शनि)१:३०~३:०० /स्वास्थ्य परामर्श कार्यालय कोसेइकान (आओबा कु मियामाची १-१-५)

⓷रातिको समय परिक्षण गरिने एड्स, उही दिन परिक्षण गरिने सिफिलिस… अगस्ट २५ तारिक (शुक) ५:००~७:००/ AER बिल्डिङ ६ तल्ला 

⓶⓷परीक्षणको नतिजा भने रगत परिक्ष गरेपछि १ घण्टा भित्रमा जानकारी दिनेछौं।(यदि नतिजा विचाराधीन गर्नुपर्ने भएमा भने भोलिपल्ट मात्र नतिजाको जानकारी गर्नेछौं)

⓵नम्बरको लागि परिक्षण गरिने व्यक्तिहरु भने, पहिले आउने व्यक्तिबाट २५ जना, ⓶ र ⓷ नम्बरको लागि भने,पहिले आउने व्यक्तिबाट ३० जना

सम्पर्क : संक्रामक रोग नियन्त्रण कार्यालय ०२२-२१४-८०२९

नयाँ कोरोना भाइरस खोप लगाउने बारेको सूचना

नयाँ कोरोना भाइरस खोप लगाउने बारेमा,जापानीज,सरल जापानीज,अंग्रेजी,चाइनिज,कोरियन,भियतनामी र नेपाली भाषाहरुमा पनि हेर्न सक्नुहुन्छ।

 नेपाली

राष्ट्रिय पेन्सन र बिमा रकम भुक्तानी छुटको लागि आवेदन दिन नबिर्सनुहोला

राष्ट्रिय पेन्सन र बिमा रकम भुक्तानी गर्नको लागि आर्थिक रूपमा कठिन भएको छभने, छुटको लागि आबेदन गरि स्वीकृत भएमा, बीमा रकमको सम्पुर्ण किस्ता वा आंशिक किस्ता छुट हुनेछ (आय आम्दानीको कतिछ भन्ने बारेमा छानबिन हुनेछ। अघिल्लो वर्षको आम्दानी अनुसार छुटको लागि ४ स्तर छुट्याइएको छ)।
सम्पर्क : वाडा कार्यालय, मियागी सामान्य शाखा कार्यालय बीमा तथा पेन्सन बिभाग, आकिउ सामान्य शाखा कार्यालय स्वास्थ्य तथा कल्याण बिभाग 

お問い合わせ

文化観光局交流企画課

仙台市青葉区国分町3-7-1市役所本庁舎4階

電話番号:022-214-1252

ファクス:022-211-1917